राक्सिराङमा परम्परागत अम्रिसोको कुचो बनाउने तालिम
मंसिर, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा महिलाहरुलाई परम्परागत अम्रिसोबाट कुचो बनाउने एकदिने तालिम दिइएको छ । गैर सरकारी संस्था बिघ्नहर्ता नेपालले गाउँपालिकाका विभिन्न वडाका महिलाहरुलाई कुचो बनाउने प्रशिक्षकको रुपमा तयार गर्ने उद्धेश्यले तालिम दिइएको हो । तालिममा चेपाङ समुदायका एक दर्जन महिला सहभागी थिए । उनीहरुलाई प्रशिक्षक बेद प्रसाद भट्टराईले गाउँघरमै उत्पादन हुने अम्रीसोबाट कुचो बनाउने प्रशिक्षण दिए । गाउँघरमा महिलाहरुले परम्परादेखि नै जानेको कुचो बनाउने कामलाई ब्यवसायिक सीपको रुपमा विकास गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बिघ्नहर्ता नेपालका कार्यकारी उपाध्यक्ष रजिया बानुले बताउनुभयो । महिलाहरु ब्यवसायिक रुपमा...