साफ च्याम्पियनसिप उपविजेता फुटबल टोलीलाई भव्य स्वागत

कार्तिक, काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेज मार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौंको संख्यामा प्रशंसक उपस्थित भएका थिए । टिमको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज पनि विमानस्थलमा पुगेका थिए । उनले प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली फुटबलमा आशा र भरोसा जगाएको भन्दै फुटबलको विकासका लागि मन्त्रालयबाट सक्दो पहल गर्ने बताए । फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल...