जनतालाई दिने सेवामा गम्भिर हुन मन्त्री मोक्तानको आग्रह

कार्तिक, हेटौंडा – नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनतालाई सेवा दिने विषयमा गम्भिर भएर लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । मन्त्री मोक्तान्ले कर्मचारीहरुलाई मर्यादित र जिम्मेवार भएर जनताको सेवामा लाग्न सुझाव दिनुभयो । बिहिबार हेटौंडामा भएको शुभकामना आदानप्रदान सहित अन्तरक्रिया कार्यक्रममा कर्मचारी स्वास्थ्यकर्मीहरुले विभेदकारी ऐन सच्चाउनुपर्ने, राज्यले दिने सेवा सुविधामा विभेद गर्न नहुने भनाइ राखेका थिए । नेकपा माओबादी केन्द्र निकट कर्मचारी र स्वास्थ्यकर्मी संगठनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित...