विवाह बन्धनमा बाँधिए हास्यकलाकार मनोज गजुरेल

असोज, काठमाडौं – चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै आज सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् । गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् । उनले आफूले केही वर्पदेखि बच्चाहरुको एक्लै हेरचाह गरिरहेको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस...