सुनचाँदीको भाउ घट्यो

असोज, काठमाण्डौ – मंलगबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेर प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ६ सय मै कारोबार भइरहेको छ । त्यसै गरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।