बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विकेको सफलताको यात्राः आरनदेखि प्रमुख सचिवसम्म

लोक सेवा आयोगको स्थापना भएको ६८ वर्षसम्म सरकारको सचिव पदमा एकजना पनि दलित समुदायको अनुहार देखिएन । २००७ सालअघि त दलितलाई पढ्ने अधिकार नै थिएन । आजको नेपाली कर्मचारीतन्त्रमा दलित समुदायबाट सचिवमा एक, सह(सचिवमा एक र उप(सचिवमा ७ जनाको उपस्थिति छ । यस्तो असमावेशी कर्मचारीतन्त्रमा दलित समुदायबाट पहिलो सचिव बनेका छन्( डा। मानबहादुर बिके । बागमती प्रदेशको प्रमुख सचिवको रूपमा पदस्थापन भएका उनले समावेशिताको पात्र बन्न पाएकोमा गर्व लागेको बताए । उनी कठोर संघर्ष गरेर यहाँसम्म आइपुगेका हुन् । उनी अक्षर सिक्न विद्यालय पुगेको बेला नेपाली समाजमा चर्को जातीय...