हितबहादुर तामाङलाई मन्त्री बनाउन चौतर्फी दबाब

असोज, हेटौडा – यति बेला सत्तारुढ पार्टी नेकपमा मन्त्री परिषद पुनर्गठन गर्ने वा नगर्ने बारे बहश चलिरहेको छ । पार्टी विवाद हल गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा समेत उल्लेख गरिएको केन्द्र र प्रदेश सरकार पुनर्गठनको विषय पछिल्लो समय ओझेल पर्न थालेको छ । कार्यदलको प्रतिवेदन मुताविकै सचिवालय बैठकबाट पार्टी अध्यक्ष द्वयको कार्यविभाजन भै दुई अध्यक्ष बिचको टकराव तत्कालका लागि मत्थर भए पछि सरकारका कामको समिक्षा लगाएत सरकार पुनर्गठनका विषय ओझेल परेका हुन् । यसै बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले मन्त्री परिषद पुनर्गठन नहुने भन्दै मन्त्रीहरुलाई ढुक्कले...