तेस्रो मनहरी अध्यक्ष कपको उपाधी ३ नम्बर वडाको पोल्टामा

पुस, हेटौंडा – मकवानपुरको मनहरीमा शनिबार सम्पन्न तेस्रो मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी ३ नम्बर वडाको पोल्टामा परेको छ । शनिबार भएको फाईनल खेलमा ७ नम्बर वडालाई ट्राईब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै ३ नम्बर वडाले उपाधी हात पार्न सफल भएको हो । उपाधी हात पारेको ३ नम्बर वडाले नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता टिम ७ नम्बर वडाले नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेताहरुलाई मनहरी गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि एकराज उप्रेती,मनहरी गाउँपालिका खेलकुद विकास...