आशिष अस्लामीको ‘तिम्रो माया’ (भिडियो)

भदौ, हेटौडा – मकवानपुरे युवा गायक आशिष अस्लामी मगरको नयाँ गीत ‘तिम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आशिषकै शब्द, संगीत र आवाजमा तयार भएको गीतलाई सुमन तामाङले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई आफ्नौ अफिसियल युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरिएको हो । गीतको म्यूजिक भिडियोमा आशिष संगै भुपेन्द्र राना र रिता केसीले अभिनय गरेका छन् । राना र केसि दुबैको यो डेब्यु म्युजिक भिडियो हो । अजय वाईबाको छायाँकन, निर्देशन र सम्पादनमा म्यूजिक भिडियो बनेको हो । म्युजिक भिडियोको कथा गायक अस्लामीले नै तयार...