राक्सिराङ्गमा यौन तथा प्रजनन अधिकार सम्बन्धी अन्तरक्रिया
मंसिर, हेटौंडा (राक्सिराङ्ग) – किशोरकिशोरीको लागि राक्सिराङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया भएको छ । वियोण्ड बेइजिङ कमिटी नेपालको आयोजनामा बुधबार गरिएको कार्यक्रममा जनप्रतिनिधि, धार्मिक अगुवा, शिक्षक, झाँक्री, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत किशोकिशोरीहरुको सहभागितामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो । यौन प्रजनन सम्बन्धि सचेतनाको विभिन्न गतिबिधिले गर्दा पहिलाको बर्ष भन्दा अहिले समस्या निर्मुल हुँदै गएको र आगामी दिनमा यस्ता सचेतना, अभिमुखीकरण र अन्तरक्रियाको मध्यम निरन्तरताको लागि स्थानीय सरकारको साथ सहयोग रहने राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो। स्थानीय किशोरकिशोरीलाई यौन तथा...