बैक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने
बैशाख, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडामा कोरोनाको संक्रमण बढ्दै गएपछि बैक तथा बित्तिय संस्थाहरु हप्तामा तीन दिन मात्र खुल्ने भएका छन् । आलो-पालो गरेर हप्तामा तीन दिन मात्र खोल्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनु भयो । बिहान ११ बजे देखि दिउसो २ बजे सम्म मात्र बैक तथा बित्तिय संस्थाहरु खुल्नेछन् । त्यस्तै, आज बुधबार देखि सम्पुर्ण शैलुन, ब्यटिपार्लर र मदिरा व्यवसाय बैशाख १५ बाट अर्को सुचना नआएसम्मको लागि बन्द गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर उद्योग वाणिज्य संघले सहजीकरण गर्नेगरि...