मनहरीमा आजबाट उपाध्यक्ष कप भलिबल प्रतियोगिता

माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा गाउँपालिका स्तरीय प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आजबाट शुरु हुँदै छ । प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर ३ र ६ बीच हुने भएको छ । मनहरी गाउँपालिकाको मुख्य सहयोग तथा मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आज बिहान ११ बजे ४ नम्बर वडाको गोलघरमा उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शुरु हुने भएको हो । लिग नकआउटको आधारमा खेलाइने खेलमा मनहरी गाउँपालिका ९ वटै वडाका टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र,...