व्यक्तिगत घटना दर्ता अब अनलाइनबाटै गरिने

चैत, हेटौंडा – सरकारले यस आर्थिक वर्षभित्र अनलाइन पद्धतीमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडा कार्यालयको सङ्ख्या ५ हजार पु¥याउने लक्ष्य राखेको छ । गएको असार मसान्तसम्म २ हजार ८ सय वडा कार्यालयबाट अनलाइन घटना दर्ता हुने गरेकोमा अहिले बढेर ४ हजार २ सय पुगेको छ । देशभरका ६ हजार ७ सय ४३ वडामध्ये बाँकी वडाहरूमा इन्टरनेटको पहुँच पुर्याउन पहल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ । जन्म र मृत्युका घटना ३५ दिनभित्रै दर्ता गराउनेको सङ्ख्या ६३ प्रतिशत मात्रै रहेको महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए । जन्म र...