नेपाल पुलिसलाई हराउँदै विजय युथ फाइनलमा प्रवेश

तामसालिङ खबर
२७ जेष्ठ २०७९, शुक्रबार १५:३२

जेठ, हेटौंडा – स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली विजय युथ क्लब फाईलनमा प्रवेश गरेको छ ।

शुक्रबार हेटौंडा – ५ स्थित पिप्लेक्याम्पा मिनि रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्ध एक गोलान्तरले पराजित गरि विजय युथ क्लब फाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा विजय युथका विदेशी खेलाडि जर्सी नम्बर ३ का पेपेले गरेको गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार प्राप्त गरे ।

विजय युथले अब शनिबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको विजेतासँग जेठ ३० गते फाइनल खेल खेल्नुपर्ने छ । दोस्रो सेमिफाइनल खेलमा भोलि अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लब प्रतिष्पर्धामा उत्रने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*