स्याउ उत्पादन बढाउन मुस्ताङमा नयाँ प्रविधिको सुरुवात

माघ, मुस्ताङ – परम्परागत रुपमा स्याउ उत्पादन हुँदै आएको मुस्ताङमा अब वैज्ञानिक विधिबाट उच्च घनत्वमा स्याउ उत्पादन सुरु गरिने भएको छ । मुस्ताङलाई स्याउको केन्द्र बनाएर अघि बढाउने योजना अनुरुप स्याउ उत्पादनमा बृद्धि गराउन बिभिन्न योजना अघि सारिएको छ ।स्याउको लागि उर्वर मानिएको मुस्ताङमा स्याउ उत्पादक किसानहरुलाई लक्षित गरेर नयाँ कार्यालयको समेत स्थापना गरिएको छ । यस्तै उनीहरुलाई परम्परागत नभइ वैज्ञानिक विधिबाट स्याउ उत्पादनका लागि विशेष तालिमको आयोजना समेत गरिएको छ ।तालिममा थासाङ गाउँपालिका, वडा नं १ टुकुचे, घरपझोङ गाउँपालिका र आसपासका गाउँहरुबाट स्याउ व्यवसायी कृषकहरु सहभागी थिए ।...