माटोको ढिस्कोले पुरिएर घाईते भएका दिदीबहिनीलाई आर्थिक सहयोग
बैशाख १२, काभ्रे – काभ्रेको विकट क्षेत्र खानीखोला गाउँपालिका वडा नम्बर ४ खत्रीडाँडास्थित घर पोप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएका दिदीबहिनीलाई उपचार गर्न एक लाख बीस हजार आर्थिक सहयोग मिलेको छ । खुशी समाज यूवा क्लवको पदाधिकारी तथा विदेश विभागका सदस्यहरुले घाईतेहरुलाई उक्त रकम सहयोग गरेको हो । माटो खन्न गएका चार दिदीबाहिनी मध्ये २४ वर्षीय अरिना गोलेको उपचारका लागि सदरमुकाम धुलिखेल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । सहयोग रकम विभिन्न देशमा रहेका क्लवका विदेश विभागका सदस्यहरुले अस्पतालमा उपचाररत घाईते दिदीबाहिनीको लागि उपचार सहयोगार्थ संकलन...


















