राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट, पूर्वाधार विकासमा जोड

असार, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड ३१ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष वनस्तम थिङले बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेटमध्ये चालुतर्फ ३७ करोड ८६ लाख ७३ हजार रुपैयाँ र पुँजीगततर्फ २७ करोड ४५ लाख ६ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा सुशासन तथा प्रशासन, पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ। स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट ४६ करोड ८४ लाख २७ हजार, प्रदेश सरकारबाट ८ करोड ६९ लाख ८९ हजार तथा...