कैलाशले बढायो, २ करोड ५१ लाख बजेट
पुष, कैलाश – मकवानपुरको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ। गाउँपालिकाको बिहीबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पारित गरेको हो। गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा पेश गरेको उक्त बजेट कार्यक्रमलाई अध्यक्ष लोक बहादुर मुक्तानले निर्णायार्थ पेश गरेका थिए । अध्यक्ष मुक्तानले पेश गरेको उक्त बजेट कार्यपालिका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका थिए । कैलाशले चालु तर्फ आन्तरिक स्रोत तर्फबाट ९ करोड ४२ लाख रुपैयाँ, पुजीँगत तर्फ १५ करोड ४८ लाख रुपैयाँ सहित कुल २४ करोड ९१ लाख रुपैयाँ...



















