बजेट निर्माणको तयारीमा राक्सिराङ्ग गाउँपालिका
जेठ, हेटौडा – मकवानपुरको स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी थालेका छन् ।
१० वटा स्थानीय तह रहेको मकवानपुरमा राक्सिराङ गाउँपालिकाले गाउँपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेटको तयारीको क्रममा सरोकारवालाहरुसँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम र गाउँपालिका कार्यक्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुबीच समन्वय बैठक गरी छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कृषि, पूर्वाधारसँगै चेपाङलगायतका विपन्न समुदाय लक्षित गरी ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।
बजेटका बारेमा सरोकारवालाहरुसँग भएको पूर्व छलफलमा संविधान सभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश सभाका पूर्व सदस्य ओमबहादुर ग्लान, गाउँपालिका उपाध्यक्ष वनस्थम थिङ, गाउँपालिकास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले सामाजिक क्षेत्रसँगै उत्पादनसँग जोडेर आगामी आवको नीतिथा तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभएको थियो ।






