मनहरीको गाउँसभा १८ औँ हिउँदे अधिवेशन सम्पन्न

तामसालिङ खबर
१ माघ २०८२, बुधबार २१:२४

पुष, मनहरी – मकवानपुरको मनहरी गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको गाउँसभाले चालु आ.व. २०८२/०८३ को बजेटमा उल्लेखित केही आयोजना तथा कार्यक्रमहरु संशोधन गर्ने निर्णय गरेको छ।

गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले गाउँसभामा विभिन्न ३७ वटा योजनाहरु संशोधनको लागि पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मत स्विकृत भएको हो। गाउँसभामा उपाध्यक्ष पुलामीले पेश गरेको आर्थिक ऐन २०८२ को पहिलो संशोधन प्रस्ताव पनि स्विकृत भएको छ ।

यस्तै गाउँसभामा सुशासन तथा संस्थागत विकास समिति संयोजक ठाकुर तितुङले पेश गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि स्विकृत भएको छ । गाउँसभाको शुन्य समयमा सभा सदस्य हिराबहादुर प्रजा, नवराज सुवेदी, रामप्रसाद सुवेदीलगायतले समसामयिक विषय तथा समस्याको बारेमा आफ्ना धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*