बौद्ध धर्ममा ञ्युङने मौन व्रतको नियम र महत्व
ञ्युङने मौनव्रतको महत्वबारे भगवान बुद्धको पवित्र ग्रन्थ काग्युर ग्रन्थमा उहाँको वाणी ञ्युङने फेन छेम्बोमा प्रष्ट रूप बताइएका छन् कि “हे कुलपुत्र कुलपुत्री हो, ञ्युङने मौन व्रत हामी जीवनमा एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिनेछ, अनि देव र मनुष्यको उत्तम जन्म प्राप्त हुनेछ । आठ ञ्युङने मौनव्रत पालना गर्नाले श्रोतापछि ज्ञान प्राप्ति हुने, अनि मृत्यु पछि देवाचेनको शिङखममा जन्म प्राप्त हुनेछ । करिव २५ ञ्युङने मौनव्रत पालना गर्नाले सकृतणामी ज्ञान बराबर प्राप्त भई ८० कल्पको पाप काटिने छ । ५० ञ्युङने मौनव्रत पालना पालना गर्न सके आनगमी ज्ञान बराबरी...