आदिवासी जनजाति मुक्ति संघर्षलाई कसरी अगाडि बढाउने

– मोक्तान सिङ्ग तामाङ आदिवासी जनजाति मुक्तिको संघर्षलाई कसरी अगाडि बढाउँने भन्ने सवाल यत्तिवेला गम्भीर रूपमा उठेको छ।जसको ठोस उत्तर दिन नसक्दा वा पत्ता लगाउँन नसक्दा आदिवासी जनजाति समूदायमा एकप्रकारको निराशा छाएको देखिन्छ । कत्तै हाम्रो मुक्ति नै हुदैँन कि ? कत्तै हाम्रो हक अधिकार नै सुनिश्चित हुदैँन कि ? कत्तै हामीले देखेका सपना पूरा हुदैँन कि?भन्ने खालका शंका उपशंकाहरू उब्जेको देखिन्छ।कतिपय भने उत्पीडनको पीडा सहन नसकेर अक्रोशित भई अतांकावादी धारतर्फ उन्मुख भैरहेको पनि देख्न सक्छौं । हुन त यो पंक्तिकार आफैं पनि धेरै जान्ने मान्छे त होईन तर...