बौद्धधर्मको जीवितीकरण
हिरण्यलाल श्रेष्ठ भारतले हालका वर्षमा बौद्धमार्गको पुनः जीवितीकरण गर्ने महत्वाकांक्षी योजना बनाएको छ। आफ्ना केही मजबुत र केही सामान्य शक्तिका साधनस्रोतहरूका साथमा, भारत बौद्ध सांस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ । यो कुरा सन् २०११ मा दिल्लीमा भएको विश्व बौद्धमार्गी सम्मेलन– २०१४ को सेप्टेम्बरमा सम्पन्न अन्तराष्ट्रिय बौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा सम्पन्न एक्काईसौं शताब्दी अन्तराष्ट्रिय सम्मेलन तथा भारतकै आन्ध्र प्रदेशमा विकसित बौद्धमार्गी करिडरका साथ मोदी सरकारका पालामा राष्ट्रिय शक्ति तथा रणनीति विकासका लागि सांस्कृतिक शक्तिलाई सबलीकरण गर्न भएका प्रयासबाट प्रस्ट हुन्छ। भारतमा विकसित बौद्धमार्गीको...









