‘ज्याकाराण्डा संगै मुस्काइरहेको काठमाण्डौ’
गंगा थुलुङ राई, झापा लकडाउनको कारण काठमाडौले आफ्ना दिन अनि रातहरु शुन्यतामा बिताउन थालेको महिना दिन भन्दा पनि धेरै भैसक्यो । २४ सैं घण्टा तै छाड मै छाड गर्दै ब्यस्त हुने सडकहरु यति बेला लामो बिश्राममा सुस्ताएका छन । फुस्रा अनि रंग हिन गगन चुम्बी महलका गल्लीहरु यतिबेला फोहोर अनि थोत्रा प्लास्टिकका झुत्राहरुले ढाकिएका छन । मानिसहरुको अनुपस्थितीमा घरका चेपबाट डोलिएर आएको हावासंगै थोत्रा प्लास्टिकहरु सडकका गल्लि तिर उडिरहेका छन । हरपल कोलाहलमा गुज्रिने काठमाडौ शहर यतिबेला गहिरो मौनतामा डुबेको छ । जब बसन्त ॠतुको आगमन हुन्थ्यो तब ज्याकारान्डाले...