राष्ट्रिय अर्थतन्त्र र आर्थिक क्षेत्रका महामारी निर्मित चुनौतीहरु

अर्थतन्त्र बलियो नहुदा कुनैपनि राष्ट्रको राष्ट्रिय सम्मानमा अभिवृधि हुन् सक्दैन । कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलंबी, पराश्रित र राजनीतिक हस्तक्षेपको पिडा सहन बाध्य हुन्छ । कमजोर अर्थतन्त्र भएको राष्ट्र नाममात्रकोलागि सार्वभौम सम्पन्न हुन्छन । राष्ट्र कमजोर हुदा जनताको मनोबलमा समेत असर पर्ने गर्दछ । बलियो राष्ट्रको जनताको मनोबल उच्च हुन्छ । विगत तिन वर्ष देखि नेपालको आर्थिक वृद्धिको दर सकारात्मक हुदै गएको थियो र महत्वाकांक्षी योजनाहरु अगाढी राखिएको थियो, तर नेपालको अर्थतन्त्र विश्वव्यापी महामारीको आघातलाई सहन सक्ने खालको नभएको हुदा हाललाई आर्थिक वृद्धि दर समेतमा नकारात्मक असर पर्न सक्ने...