तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको तयारी तीव्र, २७ देशका पत्रकार नेपाल आउने
साउन, काठमाडौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा ‘तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६’ आगामी साउन २४ देखि २७ गतेसम्म संघीय राजधानी काठमाडौंमा आयोजना हुने भएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक’ का रूपमा घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा यो सम्मेलन आयोजना गर्न लागिएको हो । विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर हुन लागेको यस ऐतिहासिक सम्मेलनमा फोनिजमा आबद्ध तामाङ पत्रकार संघ,...


















