राक्सिराङ्ग पलाँसेमा कृषि हाटबजार तथा भर्याङ्गकालिका मेलाको तिब्र तयारी

मंसिर, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ पलाँसेमा यहि मंसिर १६ र १७ गते कृषि हाटबजार तथा भर्याङ्गकालिका मेलाको तिब्र तयारी भएको छ।स्थानीय उत्पादनको प्रवर्द्धन, बजारिकरण तथा कला-संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कृषि हाटबजार तथा भर्याङ्गकालिका मेला हुने भएको हो। मेलाको पहिलो दिन मंसिर १६ गते कृषि हाटबजार सञ्चालन हुनेछ।हाटबजारमा स्थानीय किसानद्वारा उत्पादन गरिएका गेडागुडी, तरकारी, स्थानीय पशुपन्छिको मासु तथा परिकारहरु, स्थानीय खानाको परिकारहरु उपलब्ध हुनेछन्।स्थानीय उत्पादनका स्टलहरू आकर्षणका रूपमा रहनेछ। यस्तै, मंसिर १७ गते भर्याङ्गकालिका मेलामा चेपाङ, तामाङ र मगर समुदायका मौलिक नृत्य, बाँसुरीको धुन, पञ्चेबाजा, खैजडी...