नेकपा (माओवादी केन्द्र) मकवानपुरको नेतृत्वमा जनयुद्ध दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता हुने

हेटौंडा । फागुन १ गते मनाइने जनयुद्ध दिवसको अवसरमा खुला दौड(म्याराथुन) प्रतियोगिता हुने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुर्व जनमुक्ति सेना नेपाल मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले ३० औँ जनयुद्ध दिवसको अवसरमा पाँच किलोमिटर खुला दौड प्रतियोगिता गरिन लागेको बताए । १ गते विहान ७ बजे हेटौंडा बुद्धचोकदेखी भैरवरोड, चिसापानी लक्ष्मी विद्यालय, सर्यचोक, ब्रम्हदिक विद्यालय, नवोदय विद्यालय, थाहा चोक, शितलमहल चोक, ओम भवन हुँदै बुद्धचोक पुगेर दौड सकिने पाख्रीनले बताए । प्रतियोगितामा सहभागीले माघ ३० गते सम्ममा निशुल्क नाम दर्ता गराउनुपर्ने बताउँदै सहभागीलाई एक थान टिसर्ट उपलब्ध...