लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत राक्सिराङ्गमा हस्ताक्षर अभियान

तामसालिङ खबर
१० मंसिर २०८२, मंगलवार १४:२०

मंसिर, हेटौडा (राक्सिराङ्ग) – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा राक्सिराङ गाउँपालिकाले सामूहिक प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न गरेको छ। “प्रविधिको सही प्रयोग गरौं, लैङ्गीक हिंसाको अन्त्य गरौं” भन्ने मूल नारा रहेको अभियानको मंगलबार सामुहिक प्रतिबद्धता तथा हस्ताक्षर कार्यक्रम गरेको हो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, वरिष्ठ शाखा अधिकृत गोविन्द अधिकारी, चैनपुर प्रहरी चौकी प्रमुख दिपेन्द्र ढकाल, नगर प्रहरीका प्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरूको उल्लेखनीय सहभागीता रहेको थियो।

हस्ताक्षर कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक, संस्थागत र प्रविधिजन्य स्तरमा जिम्मेवारीपूर्वक क्रियाशील हुने प्रतिबद्धता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*