राक्सिराङको संस्कृति र प्रकृति समेटिएको ‘चिउरी फुल्ने ठाउँ’ लोकदोहोरी सार्वजनिक

तामसालिङ खबर
२ चैत्र २०८२, सोमबार ०८:१६

हेटौंडा (राक्सिराङ) – मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य र पहिचान झल्काउने लोकदोहोरी गीत ‘चिउरी फुल्ने ठाउँ’ सार्वजनिक गरिएको छ। गीतमा स्थानीय लोक गायक गम बहादुर प्रजा र उर्मिला प्रजाको स्वर रहेको छ।

मकवानपुरमा सबैभन्दा धेरै चिउरीका फूल पाइने क्षेत्रका रूपमा परिचित सिलिङगे सीमार गाउँमा गीतको भिडियो छायांकन गरिएको हो। चिउरी फुल्ने मौसममा देखिने मनमोहक प्राकृतिक दृश्य, गाउँको जीवनशैली, संस्कृति तथा स्थानीय परिवेश र पर्यटकिय क्षेत्रहरुमा गुम्न आउन गीतमा अनुरोध गरिएको छ।

गीतमा आयुष चेपाङको शब्द तथा संगीत रहेको छ भने भिडियो सम्पादन राजकुमार मगरले गरेका छन्। त्यसैगरी नृत्य निर्देशन बिनोद सुन्दासले गरेका हुन्। भिडियोमा बिष्णु कुँवर, सपना चेपाङ, पवन कुमार चेपाङ, स्नेह चेपाङ लगायत स्थानीय कलाकारहरुको अभिनय रहेको छ।

उक्त गीतको भिडियो बिष्णु कुँवरको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

स्थानीय प्रकृति, संस्कृति र जीवनशैलीलाई गीत-संगीतमार्फत प्रस्तुत गरिएको ‘चिउरी फुल्ने ठाउँ’ले राक्सिराङको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*