बागमतीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा
हेटौंडा । मछिन्द्र क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई १-० गोलले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछी रेफ्रीले पेनाल्टी दिएको थियो । त्यस मौकालाई सदुपयोग गर्दै सुब्बाले गोल गरेको हो । खेलको म्यान अफ द म्याच भने मछिन्द्रकै शिशिर लेखी घोषित भए ।...