दोस्रो वडाअध्यक्ष कपको उपाधि आयोजक सूर्यकिरण युवा क्लबको पोल्टामा

कार्तिक, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका ५ मा भएको दोस्रो वडाअध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सूर्यकिरण युवा क्लबले हात पारेको छ । बसन्तपुर स्थित राप्ति खेलमैदानमा शुक्रबार भएको फाइनल खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट ४-२ गोल अन्तरले ऋषेश्वर टोल बिकास संस्था ‘ए’ लाई पराजित गर्दै आयोजक सुर्य किरण युवा क्लबले उपाधि हात पारेको हो। बिजेता टोलि सूर्यकिरण युवा क्लबले नगद रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता ऋषेश्वर टोल बिकास संस्था ‘ए’ ले नगद २० हजार सहित...