राप्ति खेल मैदानमा टोलस्तरिय दोस्रो वडाअध्यक्ष कप फुटबल हुने

तामसालिङ खबर
१८ कार्तिक २०८०, शनिबार १४:४२

कार्तिक, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा दोस्रो वडाअध्यक्ष कप नकाउट फुटबल प्रतियोगीता हुने भएको छ ।

तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा वडा खेलकुद विकास समितिको समन्वय र सुर्यकिरण युवा क्लवको आयोजनामा टोल विकास स्तरिय वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी गरिएको क्लवका अध्यक्ष विर बहादुर मिजारले जानकारी दिनुभयो ।

बसन्तपुरको राप्ति खेल मैदानमा यहि कार्तिक २१ गते देखि २४ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा प्रथम हुने समुहलाई ३० हजार र द्धितिय हुनेलाई २० हजार नगद सहित शिल्ड, प्रमाणपत्र र ट्रफी रहेको छ ।

प्रत्येक टोल विकास संस्थाबाट २ वटा समुह मात्र सहभागी हुन पाइने आयोजकले जनाएको छ । खेलमा सहभागी हुन टोल विकास संस्थाको सिफारिसबाट मात्र प्रतियोगितामा खेलाडी टिम सहभागी बन्न पाउने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*