त्रिवि मैदानमा फ्लडलाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

तामसालिङ खबर
२२ कार्तिक २०८०, बुधबार ०६:३२

कार्तिक, काठमाडौं – त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

२७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लडलाइट जडानका लागि बोलपत्र प्रस्ताव गरेको उक्त कम्पनी छनोट भएको राखेपका एक अधिकारीले जानकारी दिए ।नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो एक वर्षभित्र लगातार सफलता हासिल गरेपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो ।

फ्लडलाइट जडान भएपछि त्रिवि मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*