विश्वकप छनोटः यसरी पुग्न सक्छ नेपाल सुपर सिक्समा

असार, काठमाडौ – यही वर्ष भारतमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोट अहिले जिम्बाब्वेमा चलिरहेको छ । जहाँ नेपालसहित १० वटाले प्रतिस्पर्धा गरिरहेका छन् । यी टिमलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ । छनोट प्रतियोगिताका आधाभन्दा धेरै खेल सकिँदा सुपर सिक्सको दौड रोमाञ्चक मात्र बनेको छैन, अमेरिका सुपर सिक्सको दौडाबाट बाहिरिने पहिलो टिम बनेको छ । नेपाल समूह ए मा छ । जहाँ दुईपटकको विश्वविजेता वेस्ट इन्डिज, टेस्ट राष्ट्र घरेलु टिम जिम्बाब्बे र सुपर लिग खेलेको नेदरल्यान्ड्स र विश्वकप लिग २ को प्लेअफबाट आएको अमेरिका छन् ।...