लोपाेन्मुख सालकको ‘मस्कट’ प्रदेश खेलकुद प्रतियोगितामा

तामसालिङ खबर
५ जेष्ठ २०८०, शुक्रबार १९:४२

जेठ, हेटौँडा – यहि जेठ ७ गतेबाट सुरु हुने बागमती प्रदेश खेलकुद प्रतियोगितामा अति लोपोन्मुख जातिको रुपमा रहको सालकलाई ‘मस्कट’को रुपमा प्रयोग गरिएको    छ ।

मकवानपुरमा आधा दर्जन सामुदायिक वनले संरक्षण गरेको सालकलाई मकवानपुरको सानको रुपमा हेरिने गरिएको छ । ‘किसानको साथी’ को रुपमा हेर्ने गरिएको सालक संरक्षणको पहल स्वरुप मस्कटको रुपमा प्रयोग गरिएको बागमती प्रदेश खेलकुद परिषद कार्यालयले जनाएको छ ।

१३ प्रकारको खेलहरु सञ्चालन हुने प्रतियोगितामा बागमती प्रदेशका कुल २ हजार ५ सय २ जना खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा ९ करोड ४२ लाख रुपैँया खर्च हुने बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*