हेटौंडामा पहिलो स्नुकर प्रतियोगिता, मंगलबार फाइनल खेल हुँदै

माघ, हेटौंडा – मकवानपुरमा पहिलो पटक खुला मकवानपुर च्याम्पियनसीपको मंगलबार फाइनल खेल हुँदैछ । लियम स्नुकर हाउसको आयोजनामा हेटौंडा ४ मा शनिबारबाट सुरु भएको खेलमा ५० जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा हालसम्म ६ जना खेलाडी फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगितामा सोम लामा, नितेस खण्डेलवाल , अमर लामा, माधब खत्री, जिनेस श्रेष्ठ, प्रयास कर्मचार्यले फाइनलमा स्थान बनाइसकेका छन् भने सोमबार मिराज श्रेष्ठसंग दिपक गुरुङ र रोशन खड्कासंग सुनिल लामा फाइनलका लागि भिड्दैछन् । प्रतियोगितामा नेपाल तथा सिक्किम च्याम्पियन सोम लामाले पनि सहभागिता जनाएका छन् भने विभिन्न जिल्लाहरु...