प्रदेशस्तरीय भलिबल प्रतियोगिता: मकवानपुरको विजयी सुरुवात
माघ, रामेछाप – रामेछापको मन्थलीमा जारी बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा मकवानपुरले विजयी सुरुवात गरेको छ । नेपाल खेलकुद महासंघ बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगितामा काभ्रे जिल्ला र खेलकुद महासंघ मकवानपुरबीच खेल भएको थियो । बिहिबार भएको खेलमा काभ्रेलाई मकवानपुरले ११ः२५, २२ः२५ को सोझो सेटले मकवानपुरले जितेको हो । उक्त प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका टीमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ५० हजार र सान्त्वना ३० हजार पुरस्कार राशिसहित शिल्ड, मेडलको व्यवस्था रहेको नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी...