प्रदेशस्तरीय भलिबल प्रतियोगिता: मकवानपुरको विजयी सुरुवात

तामसालिङ खबर
५ माघ २०७९, बिहीबार २०:४३

माघ, रामेछाप – रामेछापको मन्थलीमा जारी बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा मकवानपुरले विजयी सुरुवात गरेको छ । नेपाल खेलकुद महासंघ बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगितामा काभ्रे जिल्ला र खेलकुद महासंघ मकवानपुरबीच खेल भएको थियो ।

बिहिबार भएको खेलमा काभ्रेलाई मकवानपुरले ११ः२५, २२ः२५ को सोझो सेटले मकवानपुरले जितेको हो । उक्त प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका टीमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ५० हजार र सान्त्वना ३० हजार पुरस्कार राशिसहित शिल्ड, मेडलको व्यवस्था रहेको नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्ष सीताराम कार्कीले जानकारी दिनुभयो ।

खेलमा सहभागी टीमलाई सहभागी भए बापत प्रत्येक टिमले २५ हजार रुपैयाँ र सेमी फाइनलमा पुगेका टीमलाई थप २५ हजार रुपैयाँ समेत दिइने कार्कीले बताउनुभयो । प्रतियोगितामा प्रदेशका रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, सिन्धुपाल्चोक जिल्ला सहभागी रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*