हिमालयन शेर्पालाई हराउदै मनाङ मर्स्याङ्गदीले जित्यो, मकवानपुर गोल्डकपको उपाधि

फाल्गुन, हेटौंडा – पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ मकवानपुर गोल्डकपको उपाधि मनाङ मर्स्याङ्गदी क्लबले जितेको छ । हेटौंडामा बुधबार सम्पन्न पाँचौ संस्करणको मकवानपुर गोल्डकपको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्गदीले उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ७७ औं मिनेटमा मनाङका रोशन राना मगरले गरेको गोल नै जितको लागि निर्णायक गोल बन्यो । हिमालयन शेर्पाले केही अवसर पाएपनि गोल गर्न भने चुकेको थियो । उपाधि उचालेसँगै मनाङले नगद १५ लाख रुपैयाँ प्राप्त गरेका छन् भने उपविजेता बन्दै...