थाहाको ब्याडमिन्टन प्रतियोगितामा १६ टिमको सहभागिता हुने

तामसालिङ खबर
१६ फाल्गुन २०७९, मंगलवार २१:२४

फाल्गुन, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको थाहा नगरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको उपमेयर कप व्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण यही फाल्गुण १८ गतेबाट सञ्चालन हुँदैछ । फरक सोचको आयोजनामा हुन लागेको चौथो उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ।

प्रतियोगितामा थाहा – १० विसिङखेल ए, नेपाल विद्युत प्राधिकरण पालुङ, माई बाराही स्पोट्र्स, थाहा नगरपालिका ए, थाहा नगरपालिका बी, थाहा नगरपालिका सी, थाहा नगरपालिका डी, थाहा ३, ऊँ नमः शिवाय, शिखर क्लब शिखरकोट, बज्रबाराही ए, थाहा १० विसिङखेल बी, प्रगतिशिल युवा क्लब घर्तिखोला, ईलाका प्रहरी कार्यालय पालुङ ए, ईलाका प्रहरी कार्यालय पालुङ बी र बज्रवाराही बीको समूह रहेको फरक सोचका अभियन्ता यादवजंग रायमाझीले जानकारी दिए ।

प्रतियोगिमा प्रथम, द्वितीय र तृतिय हुनेले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । थाहा नगरपालिका नगर खेलकुद विकास समितिको प्रायोजक रहेको प्रतियोगिता थाहा नगरपालिका–४ क्याम्पाडाँडामा रहेको ब्याडमिन्टन हलमा सञ्चालन हुनेछ ।

‘भलिबल र फुटबल प्रतियोगिता मात्र भईरहने यस क्षेत्रमा अन्य खेल खेल्ने खेलाडीलाई लक्षित गरी कुनै पनि कार्यक्रम हुन सकेन ।’ फरक सोचका अभियन्ता रायमाझीले भने –‘वि.सं. २०७६ सालमा नगरको आर्थिक सहयोगमा फरक सोच अभियानले यो खेललाई सुरुवात गरेको हौँ ।’ प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*