विश्वकप क्रिकेट आज देखि शुरु हुदै
असोज, काठमाडौ – विश्वकप क्रिकेटको आज उदघाटन खेल हुदैँछ । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आज देखी सुरु हुने क्रिकेट बिश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुदैँछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो । सो प्रतियोगिताको पहिलो उदघाटन खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको रुपमा लिइन्छ । सो उदघाटन खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ । यस प्रतियोगिताको संस्करणमा १० देशको सहभागिता रहने छ । जसअनुसार...