मनहरी ४ नम्बर वडालाई उपाध्यक्ष कप भलिबलको उपाधि

माघ, हेटौडा (मनहरी) – प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मनहरी गाउँपालिका ४ नम्बर वडाले हात पारेको छ । प्रतियोगितामा ३ नं वडाको टिमले उपविजेतामा चित्त बुझायो । मनहरी गाउँपालिका ४ गोलघरस्थित खेल मैदानमा माघ २३ गतेदेखि जारी प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको पाँचौ सेटमा १५–११ अंकमा ४ नम्बर वडाले जीत निकालेको हो । त्यसअघिका भएका ४ सेट खेलमध्ये पहिलो सेट ४ नम्बर वडाले २५–२३ अंकमा सकसका साथ जितेको थियो । त्यसपछिका दोस्रो र तेस्रो सेटमा २५–१९ र २५–१७ मा लगातार वडा नम्बर...