मनहरीमा गाउँपालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

मंसिर, हेटौडा (मनहरी) – मकवानपुर मनहरीमा गाउँपालिका स्तरीय फुटबल प्रतियाेगिता हुने भएकाे छ । मनहरीमा चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को हुने भएकाे हाे ।
खेलकुद विकास समिति मनहरीको आयोजना संचालन हुने प्रतियाेगिता आगामी मंसिर ३० गतेबाट सुरु हुने छ । प्रतियोगिताको खेल तालिका सार्वजनिक, मैदान मर्मत, आन्तरिक व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिइएको छ ।
प्रतियोगितामा गाउँपालिकाका नौवटा वडाको सहभागिता रहने छ । नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको उद्घाटनमा मनहरी गाउँपालिकाबाट जुनियर राष्ट्रिय टोलीमा समावेश २ जना फुटबलरलाई सम्मानित गरिने बताइएकाे छ । प्रतियोगितामा करिब आठ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
प्रतियाेगिता संचालनकाे लागि गाउँपालिकाकाे ७ लाख रुपैयाँ सहयाेग रहने अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । गाउँपालिकाले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वर्षेनी प्रतियोगिता सञ्चालनमा सहयाेग गर्दै आएकाे उनले बताए । पालिकाले विभिन्न खेलहरुमा योजनाबद्ध लगानी गर्दै आएकाेमा त्यसबाट नतिजा निस्कन थालेको उनकाे भनाइ रहेकाे छ ।