फाइनल खेलका लागि रियल स्टार र एन्फा मकवानपुर रिगल भिड्ने

अनिल बसेल
१२ मंसिर २०८०, मंगलवार २०:११

मंसिर, हेटौंडा – हेटौँडामा जारी स्वर्गीय सुदर्शन स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनल खेलको लागि बुधबार रियल स्टार क्लब र एन्फा मकवानपुर रिगल हेटौंडा रिसोर्टको प्रतिस्पर्धा रहेको छ ।

सोमबार सेमीफाईनल खेलमा नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै रियल स्टार क्लब फाइनल प्रवेश गरेको थियो दोस्रो खेलमा अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिकालाई हराउँदै एन्फा मकवानपुर रिगल हेटौंडा रिसोर्ट फाइनल प्रवेश गरेको थियो । फाइनल खेलको लागि भोली बुधबार रियल स्टार क्लब बिच एन्फा मकवानपुर रिगल हेटौंडा रिसोर्ट भिड्ने भएको हो ।

प्रतियोगिताको विजेता टिमले शिल्ड मेडल सहित एक लाख एघार हजार एक सय एघार रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*