राक्सिराङमा सुरु भयो, राष्टपति रनिङ शिल्ड छनौट प्रतियोगिता

तामसालिङ खबर
१५ पुष २०८०, आईतवार १८:२५

पौष, हेटौडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराङ गाउँपालिकामा राष्टपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । बिहिबार राक्सिराङ ३ सुर्योदय माविमा प्रतियोगिताको उदघाटन गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, वडाअध्यक्षहरु, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थितिमा प्रतियोगिताको उदघाटन गरिएको हो ।

उदघाटन् समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले यसबर्ष छनौट प्रतियोगितामा बिद्यार्थी सहभागी गराउने बिद्यालयलाई एक एक लाख अनुदान उपलब्ध गराइने घोषणा गर्नुभयो । बिद्यार्थीको क्षमता विकास र बिद्यालयलाई प्रोत्साहनका निम्ति प्रतियोगितामा भाग लिने प्रत्यक बिद्यालयलाई गाउँपालिकाको तर्फबाट १ लाख दिइने उहाँले बताउनुभयो ।

बिद्यालय तहदेखि नै बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले हरेक बर्ष राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको उहाँको भनाई छ । खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा बिद्यार्थीलाई सहभागी गराउँदा उनीहरुमा चौतर्फि विकास हुने पनि उहाँले बताउनुभयो ।

यसबर्ष राक्सिराङ गाउँपालिकास्तरिय छनौट प्रतियोगितामा गाउँपालिकाभित्रका ४ वटा बिद्यालयले सहभागिता जनाएका छन । राक्सिराङ २ को प्रजा जागृति आधारभुत बिद्यालय, राक्सिराङ ३ को सुर्यादय मावि, राक्सिराङ ५ को प्रजा जागृति मावि र राक्सिराङ ६ को राष्ट्रिय मावि सिलिङगेले प्रतियोगितामा भाग लिएका हुन । गत बर्ष सहभागी कालिका मावि खैराङ यसबर्ष सहभागी भएन ।

प्रतियोगितामा भलिब, कबड्डी, लङजम्प, हाइजम्प, ज्याबलिन थ्रो, १ सय मिटर दौड लगायत खेलहरु खेलाइनेछ । गाउँपालिका स्तरिय छनौटमा उत्कृष्ट हुनेहरु जिल्लास्तरिय प्रतियोगिताका लागि छनौट हुनेछन् । प्रतियोगिता शुक्रबार समापन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*