बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै नेपाल समूह बिजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो । समूह ‘ए’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो र समुह विजेता बन्यो । पराजित बंगलादेश उपविजेतामै सिमित बन्यो । दुवै टोली एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । समूहचरणका दुवै खेलमा पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालको जितमा सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक–एक गोल गरे । अर्को एक...