विमल घर्तीमगरको कप्तानीमा यू–२३ टोलीको घोषणा, अनन्त उपकप्तान
काठमाडौं । कतारमा आगामी मार्च २२ देखि २६ सम्म आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोटका लागि विमल घर्तीमगरको कप्तानीमा शुक्रबार नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अन्तिम टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका अन्जन बिष्ट, मिडफिल्डर सुनील बल, हेमन्त थापामगर, तेज तामाङसँगै रक्षक कमल श्रेष्ठ, सुमन अर्याल र दिनेश राजवंशी पनि अटाएका छन् । यस्तो छ नेपाली टोली ? गोलरक्षक – अर्पण कार्की, दिप कार्की र रोमन रसाइली रक्षक – अमित तामाङ, अनन्त तामाङ (उपकप्तान),...