यु-१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित

थाइल्यान्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।बुधबार थाइल्यान्डको चियाङमाइमा भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको १४२ रनको चुनौती पछ्याएको मलेसियाले ३३ ओभर २ बलमा अलआउट हुनुपूर्व १०२ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि सार्भिन सुरेद्रनले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे । यस्तै, अमहेद अस्यार्फले १७, किशन कुमारले ११ रनको योगदान गरे । नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले समान २/२ विकेट लिए ।यसअघि, टस जितेर पहिले ब्याटिङ...