बिश्वकप लिग-२ को खेल तालिका सार्बजनिक

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पुरुष विश्वकप लिग-२ को पहिलो चरणको ८ वटा सिरिजको खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । भारतमा आयोजना हुने सन् २०२३ को विश्वकपको छनौटको लागि अगस्ट २०१९ देखि प्रतियोगिता सुरु हुँदैछ । बिश्व कप लिग-२ मा नेपाल सहित स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्युगिनी, अमेरिका र ओमान गरि ७ राष्ट्र सहभागी हुनेछन् । ७ राष्ट्रले बिश्वकप लिग-२ अन्तर्गत २०१९ देखि २०२१ सम्म कुल १२६ खेल खेल्नेछन् जसमा एउटा राष्ट्रले कुल ३६ खेल खेल्नेछ । ७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना...