आइसीसीको टी-२० क्रिकेट वरियतामा नेपाल ३ स्थान माथी उक्लियो

तामसालिङ खबर
२० बैशाख २०७६, शुक्रबार १६:३१

काठमाडौ – आइसीसी टी-२० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ । यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो । आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल अघि बढेको हो ।

वरीयताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड रहेका छन् भने अष्ट्रेलिया चौथो, भारत पाँचौ र न्युजिल्याण्ड छैटौ स्थानमा छन् । त्यस्तै सातौमा अफगानिस्तान, श्रीलंका आठौ, वेस्ट इण्डिज नवौ र बंगलादेश १० औं स्थानमा रहेका छन् ।

नेपालपछि स्कटल्याण्ड १२, जिम्वावे १३ औं नेदरल्याण्ड १४ औं, आयरल्याण्ड १५ औं र युएई १६ औं स्थानमा छन्। १४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो ।

युएईविरुद्धको ३ खेलकै एकदिवसिय श्रृङ्खला पनि जितेको नेपाल एक दिवसीय वरीयतामा भने नेपाल १४ औं स्थानमा यथावत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*