हिराल्डोकाई करातेमा विमला तामाङलाई रजत पदक

तामसालिङ खबर
१८ बैशाख २०७६, बुधबार ०६:५५

न्युयाेर्क – हिराल्डाेकाई अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा बिमला तामाङले रजत पदक जितेकी छिन् । हिराल्डाेकाई शाेबुकान कराते संघकाे आयाेजनामा भएकाे च्याम्पियनसिपमा विमला १८ देखि ३५ बर्षसम्मकाे समुहमा कातातर्फ प्रतिस्पर्धा गरेकी थिइन ।

फाइनलमा विमला अमेरिकाकै डेस्टीनी सँग पराजित भइन । डेस्टीनी अमेरिकका राष्ट्रिय च्याम्पियनसिपकाे अनुभवी खेलाडी हुन् । १७ ‌‌‍औ एशियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक विजेता विमला पछिल्लाे समय अमेरिकामा बसाेवास गर्दै आएकी छिन ।

बिमलाले आइ.एम.ए. निहोन कराते डो युएस एबाट च्याम्पियनसिपमा भाग लिएकी थिइन । न्युयाेर्कमा पहिलो पटक कराते स्कूल स्थापना गरेको छ, जसको संचालक एबम प्रशिक्षक शान्त थाेकर रहेको छ । आइ.एम.ए. निहोन कराते डो यु एस एबाट याे पहिलाे सहभागिता हाे । १२ जना खेलाडीले भाग लिएकाेमा तीन स्वर्ण, चार रजत र चार कास्य गरि ११ जनाले पदक जित्न सफल भए ।

च्याम्पियनसिपमा श्रीयन्श तिमिल्सिनाले कता तथा कुमुते दुबै तर्फ स्वर्ण पदक जिते । यस्तै अमर तामाङले पनि कातामा स्वर्ण पदक जिते । यस्तै साेनाम लामाले कातामा रजत तथा ब्राइन इल्जाे डार्नले रजत पदक हात पारे ।

कुमिते तर्फ टिफानी एल्जाेर्डाले रजत पदक जितिन । यस्तै उर्बी श्रेष्ठ, उजस लाल श्रेष्ठ, हाम्लेट उजेलाे र ब्रिट्नी यस्त्टिब्लीले कास्य पदक जिते । टिमकाे प्रशिक्षक सेन्सेइ समीर थाेकर रहेका थिए ।

बिश्व कराते महासंघ, पान अमेरिकन कराते महासंघ र युएसए कराते महासंघको २५ जना भन्दा बढी रेफ्री तथा जज हरुको सहभागगिता च्याम्पियनसिपमा तीन सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । (दुरबिन डटकम)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*