हङकङलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

तामसालिङ खबर
१४ बैशाख २०७६, शनिबार २२:४३

काठमाडौं – नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।

थाइल्याण्डमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा अनआउट रहे ।

यसअघि हङकङले आरुष भागवतको नटआउट ४३ रनको मदतमा ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*