नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

तामसालिङ खबर
१२ बैशाख २०७६, बिहीबार १६:४२

काठमाडौं – नेपाली यू-१६ क्रिकेट टोली थाइल्याण्डमा जारी एसिसि यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल र थाइल्याण्डबीचको खेल वर्षाले रद्ध भएपछि अंक बाँड्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

३ खेलबाट ५ अंक जोड्दै नेपाल समूह ए को विजेता बन्दा मलेसिया ४ अंकसहित उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । घरेलु टोली थाइल्याण्ड र म्यानमार प्रतियोगिताबाट बाहिरिएका छन् । थाइल्याण्डले ३ अंक जोड्दा म्यानमार अंकविहिन रह्यो ।

टस जितेर ब्याटिङ गरेको नेपालले आसिस भट्टराईको अर्धशतकमा २ सय ३५ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्यसहित घरेलु टोली थाइल्याण्डले जवाफी ब्याटिङ सुरु गरेपछि चट्याङ र वर्षा भएपछि खेल रद्द गरिएको हो ।

नेपालले यसअघि मलेशिया र म्यानमारमाथि जित निकालेको थियो । म्यानमारलाई ७ विकेटले पराजित गरेको नेपालले मलेशियामाथि ३९ रनको जित निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*