इङ्ल्याण्ड ८ विकेटले जित निकाल्दै फाईनलमा प्रवेश
एजेन्सी – अस्ट्रेलिया माथि सहज जित निकाल्दै आयोजक इङ्ल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुग्न सफल भएको छ । न्युजिल्यान्ड सँग उपाधिको लागि भिडन्त गर्ने पक्का भएको छ । इङ्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ बनाउन सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रेको इङ्ल्यान्डले ३२ ओभर खेल्दै २ विकेटको क्षतिमा २२६ रन बनाएर लक्ष्य पुरा गर्यो । योसँगै वान डे विश्वकप क्रिकेटको उपाधि पनि नयाँ टिमले लैजाने पक्का भएको छ । यस जितका साथ इङ्ल्याण्डको टिम २७...