विश्व महिला फुटबलमा नेपालको वरियतामा सुधार

काठमाडौं : फिफा महिला फुटबलको विश्व वरीयतामा नेपालले सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान फड्को मार्दै १०१ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १०३औं स्थानमा थियो । दक्षिण एसियालीमा भारत सबैभन्दा माथि ५७ औं स्थानमा छ । भारतले वरीयतामा ६ स्थान सुधार गरेको हो । विश्व वरीयतामा भने केही दिन अघि महिला विश्वकप जितेको अमेरिका शीर्ष स्थानमा यथावत छ। यस्तै जर्मन दोस्रो स्थानमा कायम छ भने विश्वकपमा उपविजेता बनेको नेदरल्याण्ड्स पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेको...