भ्रमण बर्षमा पर्वतीय खेलकुद महासंघले एक दर्जन कार्यक्रम गर्ने
भदौ २२, हेटौँडा – पर्वतीय खेलकुद महासंघ तिन नम्बर प्रदेशले पर्यटन वर्षको अवसरमा एक दर्जन प्रतियोगिताहरु गर्ने भएको छ । महासंघले शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि महासंघका सचिव सफल अधिकारीले सरकारले सन २०२० लाई पर्यटन प्रर्वद्धन वर्षको रुपमा मनाउने भएपछि आफुहरुले पनि सरकारको कदमलाई सहयोग गर्नेगरि कार्यतालिका निर्माण गरेको बताए । महासंघले भ्रमण वर्षलाई मध्यनजर गर्दै यो पटक वाटर फेस्टीवल, अन्तराष्ट्रिय हात्ति महोत्सव, गल्फ प्रतियोगिता, हेटौँडा रन लगाएत टुरका कार्यक्रमहरु रहेको उनको भनाई रहेको छ । कार्यक्रमको लागि महासंघले १ करोड ३९ लाख रुपैँया खर्च हुने अनुमान समेत...


















